काठमाडौं, असार २४। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (SEE) का न्यूनतम ग्रेड प्राप्त गरेका वा Graded भएका विद्यार्थीहरूको ग्रेडसिट एकीकृत गर्ने प्रक्रिया सम्बन्धी सूचना जारी गरेको छ।
सूचनाअनुसार सम्बन्धित विद्यार्थीहरूले आफ्नो विद्यालयमार्फत आवश्यक कागजात, निवेदन र राजस्व शुल्क बुझाई निर्धारित समयभित्र आवेदन दिनुपर्नेछ। विद्यालयहरूले प्राप्त निवेदन सङ्कलन गरी शिक्षा विकास तथा समन्वय इकाइमार्फत प्रणालीमा विवरण प्रविष्ट (Entry) गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
बोर्डले सबै सम्बन्धित विद्यालय र विद्यार्थीलाई तोकिएको समयसीमा तथा प्रक्रियाअनुसार आवेदन प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। पुरा जानकारिको लागि तलको सुचना पढ्नुहोला । 





