कक्षा ८ सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा — प्रथम त्रैमासिक परीक्षा–२०८३ प्रश्नपत्र

कक्षा ८ सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा — प्रथम त्रैमासिक परीक्षा–२०८३ प्रश्नपत्र

कक्षा ८ सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा प्रथम त्रैमासिक परीक्षा–२०८३ को रंगीन शैक्षिक पोस्टर, जसमा परीक्षा दिइरहेका विद्यार्थी, प्रश्नपत्र, नेपालको झण्डा, नेपालको नक्सा, हिमाल, पुस्तक र ग्लोब देखाइएको छ।

प्यासन्, काठमाडौँ

प्रथम त्रैमासिक परीक्षा२०८३

कक्षा:                                                                                                                                                                   पूर्णाङ्क: ५०

विषय: सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा                                                                                                      समय: २ घण्टा

दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् ।

सबै प्रश्नहरू अनिवार्य छन्

समूह ()

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :                                      ×=

१. विकासलाई किन बहुआयामिक प्रक्रिया भनिन्छ ? एक वाक्यमा प्रष्ट पार्नुहोस् ।

२. वडघर परम्परा कुन जातिमा प्रचलित छ ?

३. अहिंसा कायम गर्ने कुनै दुई उपायहरू लेख्नुहोस् ।

४. नेपालको वर्तमान संविधानमा कति भाग, धारा र अनुसूची रहेका छन् ?

५. बौद्धिक पलायन विरुद्ध एउटा नारा लेख्नुहोस् ।

६. देखासिकी र फजुल खर्च नियन्त्रण गर्ने कुनै दुईओटा सुझावहरू लेख्नुहोस् ।

७. मौद्रिक कारोबार भनेको के हो ?

८. वित्तीय संस्थाहरूले कसरी हाम्रो जीवनलाई सहज बनाएका छन् ? एक वाक्यमा लेख्नुहोस् ।

९. नेपालले कूटनीतिक सम्बन्धबाट के कस्तो फाइदा लिन सक्छ ? आफ्नो तर्क प्रस्तुत गर्नुहोस् ।

समूह ()

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :                                      ×=२१

१०. ‘नेपालमा ऊर्जाको महत्त्व’ शीर्षकमा छोटो वक्तृत्वको नमुना तयार पार्नुहोस् ।

११. शान्ति र विकास एक अर्काका परिपूरक हुन्, यस भनाइलाई तीन बुँदामा प्रष्ट पार्नुहोस् ।

१२. तल दिइएको चित्रले कुन सामाजिक समस्यालाई जनाउँछ ? यस समस्यालाई समाधान गर्न कुनै दुईओटा उपायहरू लेख्नुहोस् ।

 

 

 

 

 

 

 

१३. लिच्छवीकालीन अर्थव्यवस्थालाई संक्षेपमा वर्णन गर्नुहोस् ।

१४. पृथ्वीको दैनिक गतिका प्रभावहरूको सूची तयार पार्नुहोस् ।

१५. नेपालमा अव्यवस्थित बसाइँसराइलाई नियन्त्रण गर्न स्थानीय सरकारले के कस्तो भूमिका खेल्नुपर्ला ? आफ्ना तर्कहरू तीन बुँदामा प्रस्तुत गर्नुहोस् ।

१६. कूटनीतिक नियोगले गर्ने प्रमुख कार्यहरू समावेश गरी दुई साथीबीचको संवाद तयार पार्नुहोस् ।

समूह ()

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :                                      ×=२०

१७. संसदले कानुन निर्माण गर्दा के कस्ता विषयमा ध्यान दिनुपर्छ ? आफ्नो विचार व्यक्त गर्नुहोस् ।

१८. प्राचीनकालमा काठमाडौँ उपत्यकाको सामाजिक एवं आर्थिक अवस्था कस्तो थियो ? वर्णन गर्नुहोस् ।

१९. वस्तु विनिमय प्रणाली भनेको के हो ? वस्तुविनिमय प्रणालीका चारओटा कठिनाइहरू उल्लेख गर्नुहोस् ।

२०. पृष्ठ भरिने गरी नेपालको नक्सा बनाई तलका तथ्यहरू उपयुक्त संकेत प्रयोग गरी भर्नुहोस् ।
क) सैपाल हिमाल                 ख) अलैँची उत्पादन क्षेत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

error: भवानी ज्ञानको सम्पूर्ण सामग्री सुरक्षित गरिएको छ।