शिक्षक सेवा आयोग खुला प्रतियोगिलात्मक परीक्षा वस्तुगत प्रश्नपत्र

शिक्षक सेवा आयोग खुला प्रतियोगिलात्मक परीक्षा वस्तुगत प्रश्नपत्र

शिक्षक सेवा आयोग

शिक्षक सेवा आयोग खुला प्रतियोगिलात्मक परीक्षा प्रश्नपत्र : वस्तुगत अभ्यास परीक्षा 
सबै प्रश्नहरु अनिवार्य छन्।

मिति:२०८३ असार २४ गते                                                                                पुर्णाङ्क: १००                                            समय: ६० मिनेट

१) नेपालको भारत र चीन दुवैलाई नछुने जिल्ला कतिवटा छन् ?
क.३५

ख. ३६

ग. ३७

घ. ३८

२) कञ्चनजंघा हिमसिखरको उचाई कति रहेको छ?
क. ८५८६ मिटर

ख. ५५९० मिटर

ग. ५६५६ मिटर

घ. द६५द मिटर

३) भुमध्ये सागर र कृष्ण सागरसंग सिमाना जोडिएको मुलुक कुन हो ?
क. टर्की

ख. भ्याटिकन सिटि

ग. नर्वे

घ. स्विटजर्ल्याण्ड

४) Dead Sea (मृत सागर) मा के को मात्र बढी पाइन्छ ?
क. एसिड

ख. हाइड्रोजन पेरोक्साइड

ग. हाइड्रोजन सल्फाइड

घ. नुन

५) पृथ्वीनारायण शाहको निधनपछि गुल्मी राज्यमा विजय गर्ने नेतृत्वकर्ता को थिए ?
क. दामोदर पाण्डे

ख. काजी बम पाण्डे

ग. जीवशाह पाण्डे

घ. काजी जगजीत पाण्डे
६) फोडा काण्ड (सुकुमबासीहरुलाई पञ्चायत विरुद्ध लागेको आशंकामा दर्जनौं व्यक्तिहरुको हत्या) काहाँ भएको थियो ?
क. रुपन्देही

ख. भापा

ग. मोरङमा

घ. ओखलढङ्गा

७) बुद्ध धर्मका अनुसार नीलो रङले बुद्धको के जनाउन्थ्यो ?

क. बुद्धको शरीर

ख. बुद्धको रगत

ग. बुद्धको दाँत

घ. बुद्धको अन्तस्करण

८) हिमाली क्षेत्रमा आदिवासी र जनजाती कति रहेका छन् ?
क.१६

ख. १७

ग. १८

घ. १९

९) धरान धनकुटा सडक खण्डलाई के नामाकरण गरिएको छ?
क. मदन भण्डारी मार्ग

ख. भूपि शेरचन मार्ग

ग. विर बलभद्र मार्ग

घ. पासाङ ल्हामु मार्ग

१०) बैकल्पिक उर्जाको प्रवर्धन केन्द्रको स्थापना कहिले भएको थियो ?
क. २०५३ कार्तिक १८

ख. २०५४ फागुन १३

ग. २०५६ माघ ०८

घ. २०५८ चैत्र १६

११) अन्तराष्ट्रिय बजारमा कच्चा तेल कुन एकाइमा मापन गरिन्छ ?
क. लिटर

ख. ब्यारेल

ग. ग्यालेन

घ.टन

१२) चन्द्रमाको आफनो प्रकाश छैन भनी पत्ता लगाएका वैज्ञानिक को हुन् ?
क. ग्यालिलियो ग्यालिलि

ख. चार्ल्स डार्विन

ग. आर्किमिडिज

घ. अल्बर्ट आइन्सटाइन

१३) रगतको एकाइको नाम के हो ?
क. केल्भिन

ख. बार

ग. पिन्ट

घ. बुसेल

१४) संयुक्त राष्ट्र संघको लोगो कस्को टोलीले निर्माण गरेको हो ?

क. ओलिभर लिंकन लुनडकिस्ट

ख. आर्किवाल्ड म्याक्लिस

ग. आङगी ई बुक्स

घ. कुनै पनि होइनन्

१५) जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्भौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

क. भारत

ख. पाकिस्तान

ग. भुटान

घ. माल्दिभ्स

१६) नेपालमा टिप्पणी उठाई निर्णय गर्ने पद्धतिको सुरुवात कहिलेदेखि भएको हो?

क. वि.सं. २००८

ख. वि.सं. २०१०

ग. वि.सं. २०१२

घ. वि.सं. २०१५

१७) नेपालमा पुतलीका बारेमा खोज र अनुसन्धानमा जीवन बिताएका बेलायती नागरिक कोलिन स्मिथको निधन कहिले भएको

हो ?

क. वि.सं. २०८० कात्तिक १८

ख. वि.सं. २०५० कात्तिक २०

ग. वि.सं. २०८० कात्तिक १५

घ. वि.सं. २०८० कात्तिक १२

१८) युनेस्कोको विश्व सम्पदा समितिले काठमाडाँ उपत्यकाको सम्पदा क्षेत्रलाई खतराको सूचीबाट कहिले हटाएको हो ?

क. सन् २०२० जुलाई

ख. सन् २०२१ जुलाई

ग. सन् २०२२ जुलाई

घ. सन् २०२३ जुलाई

१९) अरुणलाई सूर्यको परिक्रमा गर्न कति वर्ष लाग्छ ?

क. ७६ वर्ष

ख. ८० वर्ष

ग. ८४ वर्ष

घ. ९० वर्ष

२०) कहिलेकाहीं पृथ्वी चन्द्रमा र सूर्यको बीचबाट गुज्रिन्छ, यो अवस्थालाई के भनिन्छ।

क. पृथ्वी ग्रहण

ख. सूर्य ग्रहण

ग. चन्द्र ग्रहण

घ. कुनै पनि होइन

२१) स्थानीय तहमा बनाइने शैक्षिक योजनाको महत्पूर्ण विशेषता तलका मध्ये कुन हो ?

क. स्थानीय समुदायको महत्वकाङ्क्षाको सम्बोधन

ख. स्थानीय स्रोत, साधन र विज्ञताको समुचित उपयोग

ग. माथिबाट तलतिर प्रस्तावित शैक्षिक योजना

घ. विज्ञहरुको सहभागितामा योजना निर्माण

२२) ढिलो सिव्ने र छिटो सिव्ने सबै बालबालिकाहरुले आफ्नो गति र क्षमता अनुसारसिवन पाउनु तलका मध्ये कुन शैक्षिणिक

प्रबन्धको विशेषता हो ?

क. बहुकक्षा शिक्षण

ख. बहुकक्षा बहुस्तर शिक्षण

ग. विषय शिक्षण

घ. कक्षा शिक्षण

२३) बाल अधिकार सम्बन्धी महासनधि, १९८९ का बालअधिकारका चार स्तम्भहरु मध्ये कुन स्तम्भले शिक्षाको अधिकारसँग

बढी सम्बन्ध राख्दछ ?

क. संरक्षणको अधिकार

ख. बाँच्न पाउने अधिकार

ग. विकासको अधिकार

घ. सहभागिताको अधिकार

२४) तलका मध्ये कुन कथन सिकाइ तत्परता सँग सम्बन्धित छ?

क. सिक्ने व्यक्तिमा आन्तरिक रुपमा शक्ति पैदा हुनु

ख. सिक्नका लागि सिकारुमा क्षमताको पर्यासता

ग. सिक्ने र सिकाउनेबीचको अन्तक्रिया

घ. पुरस्कार र दण्डको समष्टिगत रुप

२५) बालक्लव, शिक्षक-अभिभावक संग गठन र सामुदायिक भेला जस्ता प्रत्रियाहरुले तलका मध्ये कुन पक्षलाई जनाउँछ

क. शिक्षामा सहभागिता पक्ष

ख. शिक्षाको समन्यायिक पक्ष

ग. विद्यालयको शैक्षिक पक्ष

घ. बालमैत्री विद्यालय पक्ष

२६) विविधता व्यवस्थापन गर्दा विशेष रुपमा ध्यान दिनुपर्ने पक्ष कुनकुन हुन् ?

क. भाषिक, लैङ्गिक, सिकाइ क्षमता र अपाङ्गता

ख. भौगोलिक, सामाजिक, सिकाइ क्षमता र अपाङ्गता

ग. भौगोलिक, सामाजिक, सिकाइ क्षमता र अपाङ्गता

घ. जातीय, सामाजिक, सिकाइ क्षमता र अपाङ्गता

२७) विद्यार्थीको सिकाइ क्षमताको आधारमा तीक्ष्ण, मध्यम र कमजोर गरी समूह विभाजन गर्नुका पछाडिको उद्देश्य तलका मध्ये

कुन हो ?

क. कमजोर विद्यार्थीलाई तीक्ष्ण विद्यार्थीबाट पढाउने अवसर प्रदान गर्नु

ख. सबै विधार्थीमा आत्म सम्मानको भावना बढाउनु

ग. विद्यार्थीको आफ्नो क्षमता र आवश्यकता अनुसार आ-आफ्नै गतिमा सिक्ने अवसर प्रदान गर्नु

घ. सबै विद्यार्थीका लागि सिकाइको समान अवसर दिनु

२८) पाठयघण्टा भन्नाले के बुभिन्छ ?

क. कुनै एक विषयको पठनपाठन सञ्चालनका लागि खर्च भएको ४५ घण्टा समय

ख. कुनै एक विषयको पठनपाठन सञ्चालनका लागि खर्च भएको ६० घण्टा समय

ग. कुनै एक विषयको पठनपाठन सञ्चालनका लागि खर्च भएको ३२ घण्टा समय

घ. कुनै एक विषयको पठनपाठन सञ्चालनका लागि खर्च भएको ३५ घण्टा समय

२९) आधारभूत तह (कक्षा १-३) को पाठयक्रम संरचना अनुसारको “हाम्रो सेरोफेरो” विषयलाई तलका मध्ये कुन ढाँचाको रुपमा

एकीकृत गरिएको छ ?

क. द्वधिविषयक

ख. त्रिविषयक

ग. बहुविषयक

घ. अन्तर विषयक

३०) आधारभूत तहको पाठयक्रम अनुसार कक्षा ४-५ सम्म पठनपाठनका लागि वार्षिक कति घण्टा निर्धारण गरिएको छ?

क. ५१६ घण्टा

ख. ९३६ घण्टा

ग. १०२४ घण्टा

घ. १०६४ घण्टा

३१) कक्षा ५ को नेपाली भाषा कममा गरिने क्रियाकलापमा लैंगिक संवेदनशीलताका दृष्टिले तलका मध्ये कुन क्रियाकलाप ठिक

छ?

क. भाषिक सिप विकास गर्ने क्रियाकलापमा छात्राहरुलाई बढी सहभागी गराउनु

ख. छात्र र छात्रालाई बेग्लाबेग्लै समूहमा राखेर भाषिक अभ्यास गराउनु

ग. छात्र र छात्राका लागि बेग्लाबेग्लै शैक्षिक सामग्रीको प्रयोग गर्नु

घ. कक्षाकोठाको क्रियाकलापमा लैङ्गिक दृष्टिले उपयुक्त भाषाको प्रयोग गर्नु

३२) तलका मधये प्रोढ शिक्षाका लागि उपयुक्त नहुने क्रियाकलाप कुन हो ?

क. समस्या केन्द्रित क्रियाकलाप

ख. विषय केन्द्रित क्रियाकलाप

ग. स्व-निर्देशित क्रियाकलाप

घ. आन्तरिक अभिप्ररेणामूलक क्रियाकलाप

३३) तलका मध्ये कुन पहिलो पुस्ताको कम्प्युटरको उदाहरण हो?

  1. EDVAC
  2. EDSAC
  3. ENIAC
  4. UNIVAC

३४) JVM को पूर्ण रुप कुन हो ?

  1. Joint Virtual Machine
  2. Java Variety Machine
  3. Java Virtual Message
  4. Java Virtual Machine

३५) कुन फाइल सामग्रीहरु रेडिमेड शैलीहरु हुन् जुन शब्द कागजातको लागि प्रयोग गर्न सकिन्छ ?

  1. Presentation
  2. Letters
  3. Magic wands
  4. Templates

३६) तलका मध्ये कुन ब्रोडब्यान्ड इन्टरनेट जडानको प्रकार होइन ?

  1. Satellite
  2. DSL
  3. Dial up
  4. Cable

३७) वि.सं. २०५७ मा लागु गरिएको सूचना प्रविधि नीतिले सूचना प्रविधिलाई देश विकासको वृहत्तर लक्ष्य हासिल गर्ने …….. का

रुपमा स्थापित गर्ने अवधारणा प्रवर्धन गरेको थियो ?

क. साधन

ख. साध्य

ग. लक्ष्य

घ. रणनीति

३८) देहायका विकल्पहरु मध्ये सहि विकल्प छनोट गर्नुहोस् ?

शक्ति : जुल :: आयतन : ?

क. ठोस

ख. सामर्थ्य

ग. किलोग्राम

घ. घनमिटर

३९) देहायका विकल्पहरु मध्ये नमिल्दो विकल्प छनोट गर्नुहोस् ?

क. तीर

ख. कुल्हाडी

ग. चक्कु

घ. खंजर

४०) देहायका प्रश्नमा प्रश्न चिन्ह (?) राखिएको खाली ठाउँमा उक्त विकल्प छनोट गरी अनुक्रम पूरा गर्नुहोस्।

५, ६, ९, १५, १, ५१

क.२१

ख. २५

ग.२७

घ. २९

४१) राम र श्याम मिलेर एउटा काम ६ दिनमा गर्न सक्छन्। यदि रामले श्यामको तीन गुणा काम दिईएको समयमा पूरा गर्न सक्छ

भने राम एक्लैले सो काम कति दिनमा पूरा गर्न सक्छ ?

क. २४ दिनमा

ख. १२ दिनमा

ग. ६ दिनमा

घ. ८ दिनमा

 

४२) यदि ५० लि. पेट्रोलको मूल्य रु. २००० पर्छ भने १५ लि. पेट्रलको मूल्य कति पर्छ?

क.रु. ७१५

ख. रु.७२०

ग. रु. ७२५

घ.रु. ७२२

४३) सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् कुन हक हो ?

क. समान्ताको हक

ख. न्याय सम्बन्धी हक

ग. स्वतन्त्राको हक

घ. सम्मानपूर्वक बाँच्न पाउने हक

४४) नीती निर्देशक सिद्धान्तको विषयमा कार्यान्वयन भए नभएको भनी अदालतमा प्रश्न उठाउन नपाउने व्यवस्था राज्यका

निर्देशक सिद्धान्त नीती तथा दायित्वको कुन धारामा रहेको छ?

क. धारा ५३

ख. धारा ५२

ग. धारा ५५

घ. धारा ५१

४५) शिक्षा ऐन, २०२८ पहिलोपटक लागू भएको मिति तलका मध्ये कुन हो ?

क. वि.सं. २०२८ कार्तिक १५

ख. वि.सं. २०३१ असोज २१

ग. वि.सं. २०२९ असोज १५

घ. वि.सं. २०३० कार्तिक १

४६) शिक्षासेवा आयोग नियमवाली, २०५७ अनुसार शिक्षक सेवालाई समावेशी बनाउन स्वीकृत दरबन्दीमा खुला

प्रतियोगिताद्धारा पूर्ति हुने शिक्षक पदमध्ये कति प्रतिशत पद समावेशी समूहका लागि छुट्याइएको छ?

क.२२

ख. २७

ग. ३३

घ. ४५

४७) संविधानको धारा २७ मा कुन हकको व्यवस्था गरिएको छ?

क. धार्मिक स्वतन्त्रताको हक

ख. सूचनाको हक

ग. शोषण विरुद्धको हक

घ. स्वच्छ वातावरणको हक

शिक्षक सेवा आयोग
शिक्षक सेवा आयोग खुला प्रतियोगिलात्मक परीक्षा प्रश्नपत्र

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

error: भवानी ज्ञानको सम्पूर्ण सामग्री सुरक्षित गरिएको छ।