प्यासन्, काठमाडौँ
प्रथम त्रैमासिक परीक्षा–२०८३
कक्षा: ८ पूर्णाङ्क: ५०
विषय: सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा समय: २ घण्टा
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् ।
सबै प्रश्नहरू अनिवार्य छन् ।
समूह (क)
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् : ९×१=९
१. विकासलाई किन बहुआयामिक प्रक्रिया भनिन्छ ? एक वाक्यमा प्रष्ट पार्नुहोस् ।
२. वडघर परम्परा कुन जातिमा प्रचलित छ ?
३. अहिंसा कायम गर्ने कुनै दुई उपायहरू लेख्नुहोस् ।
४. नेपालको वर्तमान संविधानमा कति भाग, धारा र अनुसूची रहेका छन् ?
५. बौद्धिक पलायन विरुद्ध एउटा नारा लेख्नुहोस् ।
६. देखासिकी र फजुल खर्च नियन्त्रण गर्ने कुनै दुईओटा सुझावहरू लेख्नुहोस् ।
७. मौद्रिक कारोबार भनेको के हो ?
८. वित्तीय संस्थाहरूले कसरी हाम्रो जीवनलाई सहज बनाएका छन् ? एक वाक्यमा लेख्नुहोस् ।
९. नेपालले कूटनीतिक सम्बन्धबाट के कस्तो फाइदा लिन सक्छ ? आफ्नो तर्क प्रस्तुत गर्नुहोस् ।
समूह (ख)
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् : ७×३=२१
१०. ‘नेपालमा ऊर्जाको महत्त्व’ शीर्षकमा छोटो वक्तृत्वको नमुना तयार पार्नुहोस् ।
११. शान्ति र विकास एक अर्काका परिपूरक हुन्, यस भनाइलाई तीन बुँदामा प्रष्ट पार्नुहोस् ।
१२. तल दिइएको चित्रले कुन सामाजिक समस्यालाई जनाउँछ ? यस समस्यालाई समाधान गर्न कुनै दुईओटा उपायहरू लेख्नुहोस् ।

१३. लिच्छवीकालीन अर्थव्यवस्थालाई संक्षेपमा वर्णन गर्नुहोस् ।
१४. पृथ्वीको दैनिक गतिका प्रभावहरूको सूची तयार पार्नुहोस् ।
१५. नेपालमा अव्यवस्थित बसाइँसराइलाई नियन्त्रण गर्न स्थानीय सरकारले के कस्तो भूमिका खेल्नुपर्ला ? आफ्ना तर्कहरू तीन बुँदामा प्रस्तुत गर्नुहोस् ।
१६. कूटनीतिक नियोगले गर्ने प्रमुख कार्यहरू समावेश गरी दुई साथीबीचको संवाद तयार पार्नुहोस् ।
समूह (ग)
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् : ४×५=२०
१७. संसदले कानुन निर्माण गर्दा के कस्ता विषयमा ध्यान दिनुपर्छ ? आफ्नो विचार व्यक्त गर्नुहोस् ।
१८. प्राचीनकालमा काठमाडौँ उपत्यकाको सामाजिक एवं आर्थिक अवस्था कस्तो थियो ? वर्णन गर्नुहोस् ।
१९. वस्तु विनिमय प्रणाली भनेको के हो ? वस्तुविनिमय प्रणालीका चारओटा कठिनाइहरू उल्लेख गर्नुहोस् ।
२०. पृष्ठ भरिने गरी नेपालको नक्सा बनाई तलका तथ्यहरू उपयुक्त संकेत प्रयोग गरी भर्नुहोस् ।
क) सैपाल हिमाल ख) अलैँची उत्पादन क्षेत्र





