संयुक्त परीक्षा समिति
जिल्ला प्याब्सन, भक्तपुर
प्रथम त्रैमासिक परीक्षा-२०८३ विषय : सामाजिक अध्ययन पूर्णाङ्क : ७५
कक्षा : १० समय : ३ घण्टा
दिइएको निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :
सबै प्रश्नहरू अनिवार्य छन् ।
समूह ‘क’
तलका प्रश्नहरूको अति छोटो उत्तर लेख्नुहोस् :
१. लैङ्गिक अल्पसङ्ख्यक भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् ।
२. बेरोजगारी समस्याले देशको मानव विकास सूचकाङ्कलाई प्रभावित पार्छ, कसरी ? एक वाक्यमा लेख्नुहोस् ।
३. मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा भएको व्यवस्थाअनुसार कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लंगाउनेसम्बन्धी कसुर गरेमा कस्तो सजाय हुने व्यवस्था गरिएको छ ?
४. मानव बेचबिखनलाई निरुत्साहन गर्ने प्रभावकारी रेडियो सन्देश तयार पार्नुहोस् ।
५. विक्रम संवत् २०३७ सालको जनमत सङ्ग्रहले छिनोफानो गर्नुपर्ने विषय के थियो ?
६. विक्रम संवत् २००७ को दिल्ली सम्झौताको पूर्ण कार्यान्वयन हुन सकेन भन्ने कुनै एउटा उदाहरण प्रस्तुत गर्नुहोस् ।
७. विप्रेषणको कुनै एक महत्त्व लेख्नुहोस् ।
८. कुनै स्थानमा प्ऱ्याफ्टिङ तथा बन्जीजम्प जस्ता साहसिक पर्यटकीय गतिविधि सञ्चालन हुँदा त्यहाँका स्थानीय बासिन्दालाई के फाइदा हुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
९. असंलग्न परराष्ट्र नीतिलाई परिभाषित गर्नुहोस् । FB Page
१०. संयुक्त राष्ट्रसङ्घका पाँचओटा स्थायी सदस्यन्लाई मात्र प्रदान गरिएको निषेधाधिकार बारे आफ्नो धारणा एक वाक्यमा लेख्नुहोस् ।
११. जनसङ्ख्या वृद्धिदर निरन्तर घट्दै गइरहेको सन्दर्भमा भविष्यमा जनसङ्ख्यासम्बन्धी समस्या आउन नदिन नेपालले जनसङ्ख्या नीतिमा कस्तो सुधार गर्नुपर्ला ? आफ्नो सुझाव एक वाक्यमा लेख्नुहोस् ।
समूह ‘ख’
तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् : ९×४=३६
१२. “सामाजिकीकरणमा घरपरिवारको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । यस भनाइलाई आफ्नो अनुभवका आधारमा प्रष्ट पार्नुहोस् ।
१३. दिगो विकासका उद्देश्य तथा चुनौतीहरू तालिका बनाएर प्रस्तुत गर्नुहोस् ।
१४. तपाईंको वरपर रहेको कुनै सम्पदाको जीर्णोद्धार तथा संरक्षणका लागि आवश्यक
सहयोगको लागि अनुरोध गर्दै स्थानीय सरकार प्रमुखलाई लेख्ने निवेदनको नमुना तयार
पार्नुहोस्।
१५. “लोकगीतले स्थानीय क्षेत्रको आर्थिक एवम् सामाजिक परिवेशलाई प्रतिविम्बित गर्ई।”
यस भनाइलाई उपयुक्त उदाहरणसहित पुष्टि गर्नुहोस् ।
अथवा
तपाईंको समुदायमा प्रचलनमा रहेका लोक/शास्त्रीय नृत्यको संरक्षण गर्न तपाईंको
विद्यालयले कस्तो पहल गर्न सक्छ ? चारओटा बुँदामा लेख्नुहोस्।
१६. यौन विकृति र विसङ्गतिले परिवार र समुदायमा कसरी असर पुन्याउँछ ? आफनो विचार
चारओटा बुँदामा प्रस्तुत गनुंहोस्।
१७. न्यायपालिकाका प्रमुख कार्यहरू छोटकरीमा वर्णन गर्नुहोस्।
१८. उष्ण मौसमी हावापानीका मुख्य विशेषता चारओटा बुँदामा उल्लेख गर्नुहोस्।
१९. यदि तपाईंले संयुक्त राष्ट्रसड्घका महासचिवको अन्तर्वार्ता लिने अवसर प्राप्त गर्नुभएमा
समसामयिक विश्व परिवेशका सम्बन्धमा उहाँसँग सोधिने चारओटा प्रश्नहरू तयार
पार्नुहोस्।
२०. शैक्षिक स्थितिअनुसार नेपालको जनसड्ख्याको बनोट उल्लेख गरी यसले देशको
सामाजिक आर्थिक अवस्थामा पार्ने प्रभाव लेख्नुहोस्।
समूह ‘ग’
तलका प्रश्नहरूको लामो उत्तर लेख्नुहोस् : ४x७=२८
२१. व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबिच शक्ति सन्तुलनको आवश्यकता पर्दछ,
किन ? उदाहरणसहित पुष्टि गर्नुहोस
२२. पृष्ठभरीको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सड्केत प्रयोग गरेर
भर्नुहोस्।
(क) बाँके राष्ट्रिय निकुञ्ज
(ग) धौलागिरी हिमाल
(ख) हुलाकी राजमार्ग
(घ) जानकी मन्दिर
अथवा
पृष्ठभरीको उत्तर अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत
प्रयोग गरेर भर्नुहोस्।
(क) ओटावा सहर
(ग) सेन्ट लरेन्स नदी (घ) प्रेरिज घाँसेभूमि
(ख) मेक्सिकोको खाडी
२३. नेपालमा विक्रम संवत् २००७ सालको क्रान्तिका कुनै चारओटा कारण उल्लेख गरी
त्यसले पारेका प्रभावहरूको छोटकरीमा वर्णन गर्नुहोस्।
२४. ‘नेपालमा ऊर्जा विकासको सम्भावना, महत्त्व र चुनौती’ विषयमा पत्रिकामा प्रकाशन गने
लेखको नमुना तयार पार्नुहोस् ।
समाप्त





